वैदेशिक रोजगारी होस् या अन्य सिलसिलामा धेरै नेपाली यूएईको दुबईमा कार्यरत छन् । यदि तपाईं पनि दुबईमा हुनुहुन्छ र कार चलाउनुहुन्छ भने सशुल्क पार्किङ गर्नुपर्ने अवस्था आउनसक्छ ।
तर कुनै पनि पार्किङ क्षेत्रमा पार्किङ गर्न मिल्छ मिल्दैन, शुल्क कति हो भनेर कसरी थाहा पाउने त ? यस्तो अवस्थामा त्यहाँ टाँसिएको साइनबोर्डमा लेखिएको कोड नम्बर र अक्षरमा ध्यान दिनुहोस् । यसले तपाईंलाई पार्किङ गरेकाे शुल्क कति हो र कतिबेला निःशुल्क पार्किङ गर्न मिल्छ भन्ने थाहा हुन्छ । तर त्यसको लागि कोड र अक्षरको अर्थ बुझ्नुपर्ने हुन्छ ।
...