महानगरले गरेन फोहोरको वर्गीकरण, सूचनामै टर्‍यो योजना

१० असोज, काठमाडौं । स्रोतमै फोहोर वर्गीकरण गर्ने काठमाडौं महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात बाँधेर बसेको छ । सुुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, अवस्थामा सामान्य भइसक्दा पनि महानगरले […]

सम्बन्धित सामग्री

स्रोतमा फोहोर वर्गीकरण गर्न चुनौती

काठमाडौं । काठमाडौं महानगरको फोहोर स्रोतमै वर्गीकरण गर्न चुनौती हुँदै आएको छ । काठमाडौं महानगरपालिकाले स्रोतमा फोहोर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने बताउँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । फोहोर व्यवस्थापन प्रभावकारी बनाउन महानगरले गत साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहोर वर्गीकरणको काम थाले पनि  महानगरको ३२ ओटै वडामा उक्त किसिमले फोहोर वर्गीकरण हुन सकेको छैन । शुरूमा केही दिन नगरवासीले घरबाटै वर्गीकरण गरी ल्याउने गरे पनि अहिले सबै किसिमको फोहोर एउटै भाँडोमा राखेर व्यवस्थापनको काम भइरहेको छ । महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहोर वर्गीकरण गरी ल्याइन्छ । केही वडाबाट सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ । ‘कुहिने फोहोर काठमाडौं उपत्यकामै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ, त्यसबारे महानगरले केन्द्र सरकारसँग छलफल गरिरहेको छ,’ श्रेष्ठले भने, ‘स्थान प्राप्त हुनेबित्तिकै स्रोतमै फोहोरको वर्गीकरण गरी प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ ।’ कुहिने फोहोरबाट यसै हप्तादेखि टेकु ट्रान्सफर स्टेसनमा मल बनाउने काम शुरू हुन्छ । ‘यससँगै उपत्यकाका अन्य केही स्थान र काठमाडौं उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थान बञ्चरेडाँडामा पनि कुहिने फोहोर अलग राखेर मल बनाउने काम शुरू गर्ने तयारी महानगरको छ,’ श्रेष्ठले भने । तत्कालका लागि स्थान अभावकै कारण यो काम प्रभावकारी हुन सकेको छैन । महानगरको कुल ३२ मध्ये भित्री ९ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना सबै वडामा लागू गरिएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी महानगरको ५०० मेट्रिक टन फोहोर जान्छ । निजीक्षेत्रबाट व्यवस्थापन हुने र महानगरको गरी दैनिक कम्तीमा २०० गाडीले फोहोर ओसार्छन् । अन्तिम फोहोर व्यवस्थापन स्थान बञ्चरेडाँडामा दैनिक १ हजारदेखि १ हजार २०० मेट्रिक टनसम्म फोहोर जाने गरेको छ । उपत्यकाका १८ पालिकाको फोहोर दैनिक रूपमा उक्त स्थानमा पुग्छ । शुरूमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिँदै आएको हो । रासस

स्रोतमै फोहोरको वर्गीकरण गर्न महानगर असफल

२० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गर्न असफल भएको छ । स्रोतमै फोहोरको वर्गीकरण गर्ने भन्दै महानगरले गत १ साउनमा सूचना निकालेको थियो । तर सूचना निकालेको ५ महिना बित्न लाग्दा पनि कार्यान्वयनमा आउन सकेन । महानगरका मेयर बालेन्द्र साह(बालेन)का पूर्वाधार सल्लाहकार सुनिल लम्साल ठाउँ अभावका कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको […]

काठमाडौं महानगरमा सुरु भयो स्रोतबाट फोहोरको वर्गीकरण अभियान

काठमाडौं : फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौँ महानगरपालिकाले आजदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्र सङ्कलन गर्न थालेको छ। यसका लागि महानगरले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो। आज महानगरका ३२ वटै वडाबाट यस किसिमको अभ्यास सुरु गरिएको हो। कुहिने र नकुहिने फोहोरलाई फरकफरक राखे व्यवस्थापनमा ठूलो…

कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई महानगरले हरेक पटक ५०० रुपैयाँ जरिबाना गर्ने

काठमाडौं : आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिबाना लाग्ने भएको छ। काठमाडौं महानगरपालिकाले फोहोरको सहज व्यवस्थापनको लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न लागेको हो। महानगरपालिकाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगर्नेलाई ५०० रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ। कामपा…

साउनदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना

काठमाडौं महानगरपालिकाले १ साउनदेखि कुहिने र नकुहिने गरी फोहोरको वर्गीकरण गर्न आग्रह गरेको ५ । १ साउनदेखि त्यसरी वर्गीकरण नगरिएको फोहोर नउठाइने महानगरले जनाएको छ । साथै फोहोरको वर्गीकरण नगरिए जरिवानासम्म हुन सक्ने चेतावनी महानगरले दिएको छ ।