आईजीपीविरुद्ध रिटको सुनुवाइ न्यायाधीश माथेमाको बेञ्चमा

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ। गत सोमबार एआईजी विश्वराज पोखरेलले वरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायरको रिटको प्रारम्भिक सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। पोखरेलले वरियता मिचेर गरिएको बढुवा बदर गर्न र न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रुपमा काम गर्न दिनुपर्ने माग गरेका छन्।

सम्बन्धित सामग्री

रेशमलाई आममाफीविरुद्ध रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।  उक्त रिट तिहारअघि कात्तिक २३ र २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । तिहार पछि आज अदालत खुलेसँगै रिट न्यायाधीश रेग्मीको इजलासमा परेको हो । […]

प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु हुँदै

काठमाडौँ– सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ सुरु हुँदैछ । संसदीय सुनुवाइले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो । ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो […]

प्रतिनिधिसभा कार्यकाल मुद्दाको सुनुवाइ न्यायाधीश कार्कीको बेञ्चमा

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुँदै छ। अधिवक्ता मनिराम उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने भनी पेश गरेको निवेदन सर्वोच्च अदालतले दर्ता गर्नु भनी गत बिहीबार आदेश गरेको थियो। त्यसको आज सुनुवाइ हुन लागेको हो। आज यो मुद्दाको सुनुवाइ न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा तोकिएको छ। उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने म

महाप्रसाद अधिकारीको रिटको सुनुवाइ न्यायाधीश फुयालको इजलासमा

काठमाडौँ – नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने भएको छ । निलम्बनमा परेको गभर्नर अधिकारीले सरकारविरुद्ध दायर गरेको रिटको सुनुवाइ मंगलबार हुँदैछ। आफूमाथि अवैध रुपमा सरकारले कारवाही प्रक्रिया सुरू गरेको भन्दै निलम्बित गभर्नर अधिकारी सर्वोच्च पुगेका हुन् । सरकारले अधिकारीमाथि अनुशासन उल्लंघन गरेको […]

कोरम नपुग्दा संसदीय सुनुवाइ भएन

संसदीय सुनुवाइ समितिको बैठक बस्न कोरम नपुग्दा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको सुनुवाइ आइतबार हुन सकेन।...

अधिकांश न्यायाधीश इजलासमा, सबैखाले मुद्दामा सुनुवाइ

सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । दशवटा इजलासमा नौ वटा संयुक्त र एउटा एकल इजलास तोकिएको थियो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलास बसेको छैन । बाँकी सबै इजलासमा सुनुवाइ भएको छ ।   न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, न्यायाधीशहरु मीरा खड्का र सुष्मालता माथेमा, न्यायाधीशहरु हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँल, न्यायाधी...

सर्वोच्चका चार न्यायाधीश इजलासमा फर्किए, नियमित मुद्दाको सुनुवाइ

३० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ गरेको छ । न्यायाधीश कुमार चुडाल र मंगलबार नियमित मुद्दाको सुनुवाइमा फर्किएका चार न्यायाधीशले सोमबार […]

न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइ प्रकृयामै गल्ती : अधिवक्ता लुईँटेल

सर्वोच्च अदालत बारका सदस्य एवं अधिवक्ता अनन्तराज लुईँटेलले न्यायाधीश नियुक्तिको संसदीय सुनुवाइ प्रकृयामा नै गल्ती भएको बताएका छन्। नेपाल बार एसोसियसनको धर्नापछि आयोजित विरोधसभामा बोल्दै अधिवक्ता लुईँटेलले यस्तो बताएका हुन्।...