काठमाडौँ – नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने भएको छ । निलम्बनमा परेको गभर्नर अधिकारीले सरकारविरुद्ध दायर गरेको रिटको सुनुवाइ मंगलबार हुँदैछ। आफूमाथि अवैध रुपमा सरकारले कारवाही प्रक्रिया सुरू गरेको भन्दै निलम्बित गभर्नर अधिकारी सर्वोच्च पुगेका हुन् । सरकारले अधिकारीमाथि अनुशासन उल्लंघन गरेको […]