काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले पहिलो जित हात पारेको छ । मुम्बईमा भएको खेलमा चेन्नईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको पञ्जाबले खराब प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०६ बनाएको थियो । चेन्नईले १०७ रनको लक्ष्य १५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो।