काठमाण्डाै - बाढी पहिरोले ठप्प भएकामध्ये १६ ठाउँका सडक खुलाउन समस्या भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पहिरो पन्छाउन कठिनाइ भएका कारण सडक कहिले खुल्छ भन्ने निश्चित नभएको सडक विभागले जनाएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् ।
डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला सडक बन्द छन् । त्यस्तै, साँफेबगर–मार्...