देशका विभिन्न ११ ओटा सडक अझै अवरुद्ध, जिरोकिलोदेखि मेलम्ची जाने सडक पनि भत्कियो

काठमाण्डौ – बाढी पहिरोका कारण देशका विभिन्न ठाउँका ११ सडकखण्ड अझै ठप्प छन् । बाढी पहिरोले एक सय ६० सडकमा क्षति पुर्याएकोमा ५३ वटा सडकखण्ड दुईतर्फी खुलेका छन् भने ९६ सडक एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । तर, ११ वटा सडकखण्डमा भने धेरै ठाउँमा क्षति भएको र भौगोलिक विकट क्षेत्रका कारण पनि खुलाउन समस्या भएको सडक विभागले जनाएको छ । सबैभन्दा धेरै लमजुङको डुम्र्रे बेंसीशहर–चामे सडकमा समस्या देखिएको छ । यो सडकखण्ड लामो समयदेखि बन्द छ । त्यहाँको तिमाङ छहरा, धारापानी, बगरछाप, रामबजार, अर्खले र तिमाङखोला गरी ६ ठाउँ...