एमाले पकडमा कांग्रेस–माओवादी तालमेलको गृहकार्य

प्रदेश २ अन्तर्गत पूर्वपश्चिम राजमार्ग क्षेत्रका केही स्थानीय तहमा तालमेल गर्न कांग्रेस र माओवादी केन्द्रबीच वार्ता सुरु भएको छ। दसवटा जति स्थानीय तहमा तालमेलको गृहकार्य भइरहेको छ। विशेष गरी एमालेले जित्ने सम्भावना भएका नगरपालिका र गाउँपालिकालाई तालमेलको प्राथमिकतामा राखिएको छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ। कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले स्थानीय आवश्यकताअनुसार तालमेल हुन…

सम्बन्धित सामग्री

प्रदेश १ मा एक सांसदको शक्ति : मधेसदेखि काठमाडौँसम्म तरङ्ग

काठमाडौं । मंसिर ४ मा सम्पन्न आम निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै केन्द्रदेखि प्रदेशसम्मका सरकार गठन गर्न राजनीतिक दलहरुबीच हिसाबकिताब सुरु भएको छ ।केन्द्रमा हालकै सत्ता गठबन्धनले सरकार बनाउने गृहकार्य गरिरहेका बेला प्रदेशमा पनि राजनीतिक दलहरूले जितेको सांसद सिट सङ्ख्याका आधारमा कसले सरकार बनाउने भन्ने हिसाबकिताब सुरु भएको छ ।अहिलेकै सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले केन्द्रमा बहुमतको सरकार गठन गर्न उनीहरूसँग २ सांसद अपुग

कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु

सुर्खेत – कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषणा नहुँदै सरकार गठनका विषयमा शीर्ष नेतालाई भेट्न काठमाडौँमा लर्को लाग्न थालेको छ। प्रदेश सरकार गठनका लागि राजनीतिक दलका प्रदेश समितिले गरेका निर्णय केन्द्रले नमान्ने भएकाले आफ्नो पक्षमा लबिङ सुरु भएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कर्णालीमा सरकार बनाउन गृहकार्य गरिरहेका छन्। कर्णाली प्रदेश सभाका […]

एमाले-माओवादी गठबन्धनको भित्री गृहकार्य !

काठमाडौं : सरकारले निर्वाचनको मिति तोकेसँगै सबै राजनीतिक दलहरू चुनावी मोर्चामा होमिएका छन्। आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको रणनीति बनाउन सबै दलहरू सक्रिय भएर लागेका छन्। सत्ता गठबन्धनसँग वैशाख भएको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेको प्रमुख प्रतिपक्षी दल पनि निर्वाचन विशेष रणनीति बनाउन केन्द्रित भएको छ। कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार

राष्ट्रिय सभा निर्वाचनमा भागबन्डाको कसरत : कांग्रेसलाई १० सिट

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सक्ता गठबन्धनमा आबद्ध दलहरुबीच सिट भागबन्डाको कसरत सुरु भएको छ । सक्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जसपाबीच निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य सुरु भएको हो । २० फागुनबाट रिक्त हुने १९ सिटमा निर्वाचन गर्न निर्वाचन आयोगले तयारी गरिरहेको छ । […]

गठबन्धनको बैठकमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउने सहमति

काठमाडौं, ९ साउन । कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा सम्मलित पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेशसभाका प्रमुख धमर्ननाथ यादवलाई हटाउने गृहकार्य गरेको छ । आज (शनिबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा यस्तो सहमति भएको हो । मन्त्रिपरिषद विस्तारबारे कांग्रेससहित पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा, माधव […]

कांग्रेस–माओवादी गठबन्धनविरुद्ध एमालेको रणनीति यस्तो छ

कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल ‘आक्रामक प्रतिवाद’ नगरी ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको छ । सत्ता सहकार्यसँगै एक वर्षदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समेत निरन्तरता दिने गृहकार्य गरिरहेका वेला एमालेले ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको हो । यद्यपि, चुनाव सकिएपछि…