असार ३१, काठमाडौं । बिहीवार नेप्सेमा एभरेष्ट बैंकको ६ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ ।
बैंकले जारी गरेको ८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड २०७८ को ६ लाख कित्ता ऋणपत्र असार ३१ गतेपछि परिपक्व भएकाले सूचीकरण खारेज गरेको जानकारी गराएको हो ।
बैंकले ८ प्रतिशत ब्याजदर भएको रू. ६० करोड बराबरको ६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।