नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा भइरहेको त्रिदेशीय सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध २१ रन जोड्दै उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन पूरा गरेका हुन् ।टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन बनाउने उनी एसोसियट राष्ट्रका छैटौं खेलाडी हुन् । उनी नेपालबाट एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन् ।