महाकाली करिडोर निर्माणका लागि एक अर्ब

कञ्चनपुरको ब्रह्मदेबदेखि दार्चुलाको तिङ्करसम्मको महाकाली कोरिडोरको कार्य अगाडि बढ्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा कोरिडोरका लागि सरकारले एक अर्ब तीन करोड बजेट विनियोजन गरेको छ । तीन वर्षमा निर्माण पूरा गर्ने गरी चालु आर्थिक वर्षमा कोरिडोरलाई बहुवर्षे ठेक्कामा राखेर ९० करोड बजेट विनियोजन गरिएको थियो । आगामी वर्षका लागि पनि बजेट विनियोजन गरेपछि कोरिडोरको निर्माण कार्य अघि बढाउन सहज हुने भएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए । करिडोर निर्माणको कार्यका लागि बजेटको सुनिश्चितता गरिएकाले कार्य अघि ...

सम्बन्धित सामग्री

‘योजना कार्यान्वयन प्रभावकारी बनाउनुपर्छ’

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ । बजेटमा सुदूरपश्चिम प्रदेशका रणनीतिक महत्त्वको महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–दिपायल द्रुतमार्ग, फप्ला क्रिकेट मैदान, सुक्खा बन्दरगाह, पश्चिम सेती लजविद्युत् आयोजना, सेती नदी ६ जलविद्युत् आयोजना निर्माण, खप्तडमा केबुलकार निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, बडिमालिकामा पर्यटन पूर्वाधार […]