यहाँ आईसोलेसनमा रहेका ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । जिल्ला अस्पताल सल्यानको आईसोलेसनबाट छ जना र सल्यान बहुमुखी क्याम्पसको आईसोलेसनबाट ३५ जना निको भएर घर फर्किएका हुन ।
स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले निको भएर घर फर्कनेमा तीन बर्षिया बालिका देखि ६० बर्ष सम्मका रहेको बताउनुभयो । उहाँका अनुसार सल्यान वहुमुखी क्याम्पसको आइसोलेसन र सल्यान अस्पतालमा रहेको कोरोना संक्रमित एक सय ११ जनाका दोश्रो पटक पिसिआर रिर्पोट जाँच गर्दा ४१ जनाको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई घर पठाईएको छ ।
निको भएर घर फर्कनेमा दार्मा गाउँपालिकाका ६ जना र बनगाड कुपिण्डे नगरपालिकाका ३५ जना रहेका छन् । सल्यानमा कोरोना भाईरस संक्रमनबाट निको हुनेको संख्या ५४ पुगेको छ । यस अघि सुर्खेतको कोरोना अस्पतालमा उपचाररत १३ जना निको भएर घर फर्कि सकेका छन् । लुहापिङको आइसोलेसन र सल्यान अस्पतालको आइसोलेसनमा ८२ जना विरामी रहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।