'इन्जिनियर बनेर परिवारमा खुसी ल्याउँछु भन्थे, झ्याप्ले खोलाको पहिरोमा बिलाए'

छोराको शव लिएर घर कसरी आइपुगेँ कुनै होस छैन । मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो । बाबा इन्जिनियर बनेर सरकारी सेवा गर्छु, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो

सम्बन्धित सामग्री

'इन्जिनियर बनेर परिवारमा खुसी ल्याउँछु भन्थे, झ्याप्ले खोलाको पहिरोमा बिलाए'

छोराको शव लिएर घर कसरी आइपुगेँ कुनै होस छैन । मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो । बाबा इन्जिनियर बनेर सरकारी सेवा गर्छु, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो

इमानदार ऋषि बा : पहिरोमा हराएको सुनको बाला ६ महिनापछि भेट्टाएर फिर्ता

पर्वत : जिल्लाको जलजला गाउँपालिका–६ नाग्लीवाङकी प्रजिना सुवेदी रेग्मी गत साउन २५ गते गाउँ फर्किँदै थिइन्। श्रीमान् बद्री रेग्मीलाई जापान उडाएर उनी काठमाडौंबाट घर फर्किइन्।घरमा जाँदै गर्दा साउन २५ गते बेलुका नाग्लीवाङको छहरे खोलामा अचानक बाढी आयो। उनी भाग्ने क्रममा साथमा रहेको झोलामा नै खस्यो। झोलामा करिब तीन तोलाको हातमा लगाउने सुनको बाला र केही नगद पनि थियो। बाढीबाट ज्यान जोगाए पनि उनको झोला बचाउन सक्ने उपाय भएन। सुन र नगद हराएको पिर भन्दा पनि बाढीबाट ज्यान जोगिएकोमा रेग्मी खुसी थिइन्। २०

पहिरोमा सन्तानसँगै गुमेको खुसी अझै फर्किएन

बेनी - रामसती श्रीपाली उमेरले ४८ वर्ष काटिन् । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा बस्दै आएकी  श्रीपालीको परिवारको आर्थिक अवस्था कमजोर भएपनि सन्तोष नै मानेर खुसीका साथ बसेका थिए । तर परिवारको त्यो खुसी २०७७ साल असार २५ गते रातिको पहिराले खोसिदियो ।  मध्यरातमा भीषण वर्षासँगै आएको पहिरोले श्रीप...

लिदी पहिरो प्रभावितले पाए अस्थायी आवास

साउन २४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा एक वर्ष अघि गएको पहिरोबाट विस्थापित बनेकाहरुले अस्थायी आवास प्राप्त गरेका छन् ।  ७८ लाख २८ हजार ७५३ रुपैयाँ लागतमा अस्थायी आवास निर्माण गरिएको हो । सो लागतमा ३१ ओटा आवास भवन, ७ ओटा शौचालय, एउटा हेल्थ पोष्ट भवन, एउटा क्यान्टिन र एउटा स्नानगृह निर्माण गरिएको जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले बताए । प्रति घर २ लाख ५२ हजार ५३९ रुपैयाँ लागतमा निर्माण गरिएको हो । आइतवार एक कार्यक्रमबीच लिदी पहिरो प्रभावित परिवारका लागि जुगल गाउँपालिका–१ बाँसखर्कमा निर्मित अस्थायी आवास प्रभावितलाई हस्तान्तरण गरिएको छ । नेपाली सेना २६ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।  आवास नेपाली सेनाले निःशुल्क श्रमदानबाट निर्माण भएको हो । आवास निर्माणको लागि जुगल गाउँपालिका प्रकोप व्यवस्थापन कोषबाट  ५८ लाख २ हजार ४९ रुपैयाँ र विभिन्न संघसंस्था एवम् व्यक्तिहरुबाट २० लाख २६ हजार ६८६ रुपैयाँ बराबरको सहयोग प्राप्त भएको जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले बताए । आवास निर्माण गर्दा २९ लाख ६ हजार ११२ रुपैयाँको २२ हजार ५२५ किलो फलाम, ७ लाख ४३ हजार ८७९ रुपैयाँको ५८ वण्डल जस्तापाता, १ लाख ६८ हजार ३७१ रुपैयाँको २३० बोरा सिमेण्ट प्रयोग गरिएको छ । १ लाख ४८ हजार रुपैयाँको गिटी, १ लाख ८० हजार रुपैयाको बालुवा, २५ हजार ५०० रुपैयाँको ढुंगा, ९६ हजार ५४८ रुपैयाँको इन्धन र ८ लाख ३१ हजार ३८५ रुपैयाँको ढुवानी, टुल्स लगायतमा खर्च भएको स्थानीय विपद् व्यवस्थापन समिति अध्यक्ष समेत रहेका पालिका अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै स्काभेटरमा ९० हजार रुपैयाँ, झ्याल ढोकामा ४९ हजार २६८, विद्युत तथा शौचालय सामग्रीमा १ लाख ५७ हजार ८७५, मजदूर ज्याला ३ लाख ५५ हजार ७५० र ४९ हजार ३६१ रुपैयाँ खर्च भएको समितिले जानकारी दिएको छ ।  आवास निर्माणको लागि क्रिकेट खेलाडी सन्दिप लामिछानेले १ लाख २३ हजार ४८८ रुपैयँको ९०८ किलो फलाम र ३ लाख ७१ हजार ६१३ रुपैयाँको २५ वण्डल जस्तापाता सहयोग गरेका थिए । त्यस्तै सिएरआरसी÷केयर नेपालले २२ हजार ८ सय रुपैयाँको ३० बोरा सिमेन्ट, ७ लाख ६३ हजार ९६० रुपैयाँको ६७ वण्डल जस्तापाता, पर्यटन व्यवसायी मिलन तामाङ र माया गुरुङले ७ लाख ४ हजार ८२८ रुपैयाँको ५५ वण्डल जस्तापाता, निर्मला सिलवालले ४० हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री सहयोग गरेको श्रेष्ठले बताए । एक वर्ष पछि अस्थायी भए पनि आवास पाएकोमा पहिरो प्रभावितहरु खुसी भएका छन् । ‘एक वर्षसम्म पालमा बस्दा हामीलाई निक्कै सकस भएको थियो । सुत्केरी, बालबालिका, बृद्धबृद्धालाई समस्या थियो’, पहिरो प्रभावित सावित्री तामाङले भनिन् ‘अहिले हामीले अस्थायी आवास पाएका छौं, यसले हामीलाई केहि मात्रामा भएपनि खुसी दिएको छ ।’ अब बाँकी ११८ घर परिवारलाई नै आवासको लागि स्थानीय सरकारले प्रयत्न गर्नुपर्नेमा उनले जोड दिइन् ।  स्थानीय सरकारले पहिरो प्रभावित सबैलाई आवासको लागि प्रयत्न भइरहेको स्थानीय सरकारले जनाएको छ । ‘लिदीका २०८ घरधुरीसहित २५७ विपद् प्रभावितहरुसँग लाभग्राही सम्झौता गरी स्थायी आवास निर्माण गर्ने प्रकृया शुरु भइसकेको छ’, जुगल गाउँपालिका–२ का वडा अध्यक्ष प्रताप लामाले भने । २०७७ साउन ३० गते गएको पहिरोमा २०९ घरघुरी प्रभावित बनेको थियो । पहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने ३४ घरमा क्षति पुगेको थियो । जसमध्ये २९ घर पूर्ण क्षति भएको थियो ।

जुरे पहिरोको सात वर्षः राहत न पुनर्बास

चौतारा, साउन २३ । सात वर्षअघि साउन १७ गते राति सिन्धुपाल्चोकको जुरेमा पहाड खस्यो । राम्चेको इटिनी भीर खस्दा माङ्खाकागुने, ड्यामसाइड र टेकानपुरका १४५ जनाले ज्यान गुमाए । पहाडै खसेर ज्यान गएको सुनकोसी विपत्तिको सात वर्ष बित्यो । पहिरोमा काँस पलायो तर पीडितका मनमा खुसी पलाउन सकेको छैन । पहिरोपीडितका लागि दाताले दिएको दुई करोड २४ लाख रुपियाँ सरकारी खातामा […]

हिमालले खोसेको खुसी खोज्न हिमालमै जाने तयारीमा दुई एकल महिला

‘श्रीमान हिम पहिरोमा परेको एक वर्ष त आँशुमै बित्यो, त्यसपछिको चार वर्ष बाँच्ने संघर्षमा, अबचाहिँ हामीजस्ता हिमालमा श्रीमान गुमाउने एकल महिलाका लागि संघर्ष गर्नुछ, सुरुवात सगरमाथाको शिखरबाट गर्ने हो’ ३४ वर्षकी निमा शेर्पाले भन्नुभयो । उहाँको यो भनाइमा समर्थन जनाउँदै सँगै रहेकी ४२ वर्षकी फुरदिकी शेर्पाले थप्नु...