काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनसक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। मंगलबार औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘यो विभागले प्रभावकारी काम गर्न सक्दा देशका नागरिकहरूको स्वास्थ्य पनि राम्रो भएर जान्छ। विभाग बिग्रियो भने ३ करोड नेपालीको स्वास्थ्यमा असर गर्छ,’ उनले भने, ‘बजारमा अहिले पनि गुणस्तरहीन औषधि छ्यापछ्याप्ती छन्। जनशक्ति छैन भनेर पन्छने काम हामीले गर्न हुँदैन। नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन।’...