मैदा किलोमै २४ रुपैयाँसम्म महँगियो

१३ भदौ, काठमाडौं । नागार्जुन नगरपालिका–१ रानीवनका केदार सिंखडा बेकरी चलाउँछन् । उनको उद्योगको सबै भन्दा महत्वपूर्ण कच्चा पदार्थ हो मैदा । केही महिना अघि प्रतिबोरा २ हजार ४ सयमा किनेको मैदाको मूल्य अहिले ३ हजार ६ सय रुपैयाँ पुगेको उनले बताए । सामाजिक सञ्जालमा सरकारविरुद्ध आक्रोशपूर्ण पोष्ट गर्दै उनले मैदाको बोराको ब्याज र मूल्य […]

सम्बन्धित सामग्री

भारतबाट ५ हजार टन गहुँ आयो

विराटनगर । भारत सरकारले नेपालमा पहिलो खेपमा निर्यात गर्न अनुमति दिएको ५० हजार मेट्रिक टनमध्ये उद्योगीको कोटामा परेको गहुँ आउन थालेको छ । भारत सरकारले नेपालमा निकासी अनुमति दिएको ५० हजार टनमध्ये ३३ हजार टन गहुँ मैदा उद्योगीको भागमा परेको छ । त्यसैको पहिलो खेप सोमवार र मंगलवार गरी ५ हजार टन नेपाल भित्रिएको छ । भारतबाट सस्तोमा गहुँ आयात भएपछि मैदा, आँटा, सुजी र चोकरको मूल्य १५ प्रतिशतसम्म घट्ने सम्बद्ध उद्योगी बताउँछन् । नेपालमा गहुँको मूल्य किलोको ६५ रुपैयाँ छ । भारतबाट आएको गहुँ नेपाल आइपुग्दा प्रतिकिलो ५० रुपैयाँ लागत परेको छ । गहुँ नै प्रतिकिलो १५ रुपैयाँ सस्तिएपछि त्यसबाट उत्पादन हुने मैदा, आँटा, सुजी र चोकर सस्तिनेछ । नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले त मंगलवारदेखि नै बजारमा आँटा, मैदाको भाउ घटेको दाबी गरे । उनले आँटा र मैदामा १५ प्रतिशतसम्म मूल्य घट्ने बताए । गहुँ आउनुअघिसम्म राजधानी काठमाडौंमा मैदा ५० केजीको बोरा ५ हजारमा विक्री भइरहेकोमा गहुँ आउन थालेपछि ४ हजार ६ सयमा विक्री हुन थालेको दुगडको भनाइ छ । त्यसैगरी मिल आँटा ५ केजीको मूल्य ४ सय रुपैयाँबाट ३ सय ६० रुपैयाँ र चक्की आँटा ४ सय ५० बाट ४ सय रुपैयाँ कायम भएको छ । चोकरको मूल्य ४० केजीको २२ सय रुपैयाँबाट घटेर अहिले १६ सय ५० कायम भएको छ । किलोको ५५ रुपैयाँ पर्ने चोकर ४१ रुपैयाँ २५ पैसामा पाइन थालेको छ । भारत सरकारले नेपालमा गहुँ निकासी गर्न दिने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोटा माग गर्न प्रकाशित गरेको सूचनाका आधारमा २७ मैदा उद्योगले आवेदन दिएका थिए । मन्त्रालयले ती उद्योगको गतवर्षको उत्पादनका आधारमा ७ प्रतिशत गहुँ दिने निर्णय गरेपछि ३३ हजार टन ती उद्योगले पाउने भएका हुन् । बाँकी १७ हजार टन गहुँ घरेलु प्रयोजनका लागि विक्री गर्ने गरी १६ ओटा व्यापारिक फर्मलाई आयात गर्न दिइएको छ । बजारमा गहुँ अभाव हुन नदिन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । गहुँ अभाव हुन नदिन र सर्वसाधारणलाई महँगीको मारबाट जोगाउन सरकारले थप २ लाख मेट्रिक टन गहुँको कोटा भारत सरकारसँग माग्नुपर्ने दुगडले बताए । नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीले कोटामा पाएको ६० मेट्रिक टन गहुँ उद्योगमा आइपुगेको बताए । त्यसैगरी सुनसरी मोरङ औद्योगिक कोरिडोरका बाबा फ्लोर मिल, न्युट्री फुड्सलगायत उद्योगमा पनि गहुँ आएको छ । भारतमा ४६ रुपैयाँ किलोमा किनेको गहुँ नेपाल आइपुग्दा लागत ५० रुपैयाँ प्रतिकिलो पुगेको व्यवसायीको भनाइ छ । बेगवानीका अनुसार २/३ दिनभित्रमै आँटाको मूल्य किलोमा १० रुपैयाँसम्म सस्तिनेछ । भारत सरकारले गहुँ उत्पादन कम भएको भन्दै १४ मे २०२२ मा यसको निर्यातमा प्रतिबन्ध लगाएको थियो । पछि ८ अगस्त २०२२ मा आँटा, मैदा र सुजीको निर्यातमा पनि प्रतिबन्ध लगायो । नेपाल उद्योग परिसंघका सदस्य तथा बाबा फ्लोर मिलका सञ्चालक भावेश राठीले सरकारले कोटामा उपलब्ध गराएको गहुँले मुश्किलले १५ दिन पुग्ने भएकाले १५ दिनपछिका लागि थप २ लाख टनको कोटा भारत सरकारसँग माग्नुपर्ने बताए । उनले नयाँ उत्पादन नआउँदासम्मका लागि २ लाख टन गहुँ आवश्यक पर्ने बताए ।

महँगियो आँटा, चामल

काठमाडौं, माघ १८। पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपैयाँ र मैदा प्रतिकेजी २० रुपैयाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपैयाँदेखि १८ रुपैयाँसम्म बढेको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको […]

महँगियो आँटा, चामल

काठमाडौं । पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुुद्रा व्यापार संघका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपैयाँ र मैदा प्रतिकेजी २० रुपैयाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपैयाँदेखि १८ रुपैयाँसम्म बढेको छ । संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको भाउ […]

ऋण माग्ने उद्योगीसँग उल्टै निक्षेप माग्छन् बैंक

२ पुस, काठमाडौं । वीरगञ्जका एक उद्योगी चलिरहेको मैदा उद्योगमा अर्को प्लान्ट विस्तार गर्न आफूले कारोबार गरिरहने बैंकमा ऋण माग्न पुगे । उद्योगको क्षमता विस्तारका लागि ५ करोड रुपैयाँ ऋण दिन आग्रह गरेका उनलाई शाखा प्रमुखले दुईवटा शर्त राखे ।  एउटा, ऋणको प्रक्रिया शुरु गर्नुअघि नै कुनै स्रोतबाट ५ करोड निक्षेप जुटाइदिनुपर्ने र दोस्रो, ऋण […]

डेढ सातामै मुसुरोको दाल किलोमा ३५ र तेल लिटरमा ३० रुपैयाँ बढ्यो

काठमाडौ. । दैनिक उपभोग्य खाद्यवस्तुको निरन्तर मूल्यवृद्धि भइरहेको छ । पछिल्लो समय बाढीपहिरोले उत्पादन र ढुवानी लागत बढेको भन्दै व्यापारीले उपभोक्तामाथि अत्याचार गरेका हुन् । चामल, तेल, मुसुरोको दाल, चिनी, मैदा, सोयाबिनलगायत वस्तुमा डेढ सातादेखि मूल्यवृद्धि हुने क्रम रोकिएको छैन । एक सय १० रुपैयाँ प्रतिकिलोको सोयाबिन दुई सय पुगेको छ । त्यस्तै, डेढ साताअघि […]

तीन लाख रुपैयाँ धरौटीमा छुटे व्यापारी, म्याद गुज्रेको मैदाको परीक्षण गरिँदै

सिराहाको लहान नगरपालिका– ५ बाट १४ क्विन्टल म्याद गुज्रिएको मैदा बरामद भएपछि पक्राउ परेका व्यापारी तीन लाख

दशैंको मुखमा व्यापारीले बढाए मैदा, आँटा र तेलको मूल्य

१० असोज, काठमाडौं । दशैंको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् । पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् । आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ …