भारतबाट ५ हजार टन गहुँ आयो

विराटनगर । भारत सरकारले नेपालमा पहिलो खेपमा निर्यात गर्न अनुमति दिएको ५० हजार मेट्रिक टनमध्ये उद्योगीको कोटामा परेको गहुँ आउन थालेको छ । भारत सरकारले नेपालमा निकासी अनुमति दिएको ५० हजार टनमध्ये ३३ हजार टन गहुँ मैदा उद्योगीको भागमा परेको छ । त्यसैको पहिलो खेप सोमवार र मंगलवार गरी ५ हजार टन नेपाल भित्रिएको छ । भारतबाट सस्तोमा गहुँ आयात भएपछि मैदा, आँटा, सुजी र चोकरको मूल्य १५ प्रतिशतसम्म घट्ने सम्बद्ध उद्योगी बताउँछन् । नेपालमा गहुँको मूल्य किलोको ६५ रुपैयाँ छ । भारतबाट आएको गहुँ नेपाल आइपुग्दा प्रतिकिलो ५० रुपैयाँ लागत परेको छ । गहुँ नै प्रतिकिलो १५ रुपैयाँ सस्तिएपछि त्यसबाट उत्पादन हुने मैदा, आँटा, सुजी र चोकर सस्तिनेछ । नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले त मंगलवारदेखि नै बजारमा आँटा, मैदाको भाउ घटेको दाबी गरे । उनले आँटा र मैदामा १५ प्रतिशतसम्म मूल्य घट्ने बताए । गहुँ आउनुअघिसम्म राजधानी काठमाडौंमा मैदा ५० केजीको बोरा ५ हजारमा विक्री भइरहेकोमा गहुँ आउन थालेपछि ४ हजार ६ सयमा विक्री हुन थालेको दुगडको भनाइ छ । त्यसैगरी मिल आँटा ५ केजीको मूल्य ४ सय रुपैयाँबाट ३ सय ६० रुपैयाँ र चक्की आँटा ४ सय ५० बाट ४ सय रुपैयाँ कायम भएको छ । चोकरको मूल्य ४० केजीको २२ सय रुपैयाँबाट घटेर अहिले १६ सय ५० कायम भएको छ । किलोको ५५ रुपैयाँ पर्ने चोकर ४१ रुपैयाँ २५ पैसामा पाइन थालेको छ । भारत सरकारले नेपालमा गहुँ निकासी गर्न दिने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोटा माग गर्न प्रकाशित गरेको सूचनाका आधारमा २७ मैदा उद्योगले आवेदन दिएका थिए । मन्त्रालयले ती उद्योगको गतवर्षको उत्पादनका आधारमा ७ प्रतिशत गहुँ दिने निर्णय गरेपछि ३३ हजार टन ती उद्योगले पाउने भएका हुन् । बाँकी १७ हजार टन गहुँ घरेलु प्रयोजनका लागि विक्री गर्ने गरी १६ ओटा व्यापारिक फर्मलाई आयात गर्न दिइएको छ । बजारमा गहुँ अभाव हुन नदिन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । गहुँ अभाव हुन नदिन र सर्वसाधारणलाई महँगीको मारबाट जोगाउन सरकारले थप २ लाख मेट्रिक टन गहुँको कोटा भारत सरकारसँग माग्नुपर्ने दुगडले बताए । नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीले कोटामा पाएको ६० मेट्रिक टन गहुँ उद्योगमा आइपुगेको बताए । त्यसैगरी सुनसरी मोरङ औद्योगिक कोरिडोरका बाबा फ्लोर मिल, न्युट्री फुड्सलगायत उद्योगमा पनि गहुँ आएको छ । भारतमा ४६ रुपैयाँ किलोमा किनेको गहुँ नेपाल आइपुग्दा लागत ५० रुपैयाँ प्रतिकिलो पुगेको व्यवसायीको भनाइ छ । बेगवानीका अनुसार २/३ दिनभित्रमै आँटाको मूल्य किलोमा १० रुपैयाँसम्म सस्तिनेछ । भारत सरकारले गहुँ उत्पादन कम भएको भन्दै १४ मे २०२२ मा यसको निर्यातमा प्रतिबन्ध लगाएको थियो । पछि ८ अगस्त २०२२ मा आँटा, मैदा र सुजीको निर्यातमा पनि प्रतिबन्ध लगायो । नेपाल उद्योग परिसंघका सदस्य तथा बाबा फ्लोर मिलका सञ्चालक भावेश राठीले सरकारले कोटामा उपलब्ध गराएको गहुँले मुश्किलले १५ दिन पुग्ने भएकाले १५ दिनपछिका लागि थप २ लाख टनको कोटा भारत सरकारसँग माग्नुपर्ने बताए । उनले नयाँ उत्पादन नआउँदासम्मका लागि २ लाख टन गहुँ आवश्यक पर्ने बताए ।

सम्बन्धित सामग्री

कैलालीका कृषकलाई गहुँ भित्र्याउने चटाराे

काठमाडौं । कैलालीका कृषकलाई यति बेला गहुँ भित्र्याउन चटारो भएको छ । हिउँदामा लगाएको गहुँ पाकेपछि धनगढी उपमहानगरपालिका–२ भन्सार कटान गाउँ, धनगढी–३ बैयाबेहडी लगायतका स्थानका कृषकलाई गहुँ भित्र्याउन चटारो भएको हो । गर्मी बढ्दै गएपछि वर्षा हुन सक्ने भन्दै गहुँ भित्र्याउन यहाँका कृषक खेत बारीमै खटिएका छन् । परम्परागत तरिकाले गहुँ भित्र्याउने गरेका यहाँका कृषकले […]

कञ्चनपुरका किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या

२७ चैत, कञ्चनपुर। खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम लिन थालेपछि किसान मर्कामा परेका हुन् । डिजेल प्रतिलिटरमा रु १० घटे पनि किसानले पुरानै मूल्यमा गहुँ थ्रेसिङ गरेबापतको रकम तिर्नुपरेको छ । ट्र्याक्टर व्यवसायीले डिजेलको मूल्य र मजदुर ज्याला बढेका […]

प्रतिबन्ध लगाएकाे पाँच महिनापछि भारतबाट नेपाललाई गहुँ आयात गर्न अनुमति

काठमाण्डाै - भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि अस्ति बुधवार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महँगाे मूल्य तिर्नुपरेपछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका थिए । नेपाली पक्षको आग्रहपछि भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भएको हो । बुधवार अस्त...

भारतबाट नेपाललाई गहुँ आयात गर्न अनुमति

काठमाडौँ – भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि बुधबार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महङ्गो मूल्य तिर्नुपरेपछि […]

गहुँ अभावले केही उद्योग बन्द, अधिकांशले उत्पादन कटौती गर्दै

विराटनगरको बाबा फ्लोर मिलले गहुँ अभावमा आफ्नो उत्पादनमा ७५ प्रतिशत कटौती गरेको छ । गोपाल फ्लोर मिल भने गहुँ नभएकै कारण बन्द भएको छ । ‘यसअघि एक हजार क्वीन्टल गहुँ पिस्दै आएको थिएँ, अहिले ३÷४ सय क्वीन्टल मात्रै गहुँ पिसिरहेको छु,’ बाबा फ्लोर मिलका सञ्चालक भावेश राठी बताउँछन् । उनै राठीले चलाएको गोलाल फ्लोर मिल भने गहुँ अभावमा बन्द भएको छ ।भारतले रुस–युक्रेनको युद्धले खाद्यान्न अभाव हुनसक्ने जनाउँदै गहुँ निर्यातमा रोक लगाएको छ । त्यसपछि नेपालमा गहुँबाट बन्ने खाद्य वस्तु उत्

बेँसीफाँटमा पाकेको पहेलपुर गहुँ

गलकोट, ४ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–७ रेशको बेँसीफाँटमा पाकेर पहेलपुर भएको गहुँ । रेशमा धान र गहुँको उतपादन निकै राम्रो हुने गरेको छ । यतिबेला यहाँका किसानलाई गहुँ थन्काउने चटारो छ । तस्वीरः खेमराज गौतम÷रासस

इजिप्टले भारतबाट गहुँ खरिद गर्ने

एजेन्सी, ३ वैशाख । भारतले इजिप्टको गहुँ खरिद अनुमोदन गरेको छ । युक्रेन र रुसको गहुँमा निर्भर रहँदै आएको भारतले इजिप्टको गहुँ खरिद अनुमोदन गरेको हो । इजिप्टका अधिकारीहरु मध्य प्रदेश, पञ्जाब र महाराष्ट्रको भ्रमण गरी गहुँ उत्पादनबारे नीरिक्षण गरेका थिए । उनीहरुले गुणस्तर, भण्डारण र निर्यातको परिमाणबारे पनि बुझेका थिए । भारत विश्वको दोस्रो […]

गहुँ खेतमा युवतीको शव भेटियो

रौतहटमा एक गहुँ खेतमा युवतीको शव भेटिएको छ। गहुँ खेतमा युवतीको शव देखिएपछि खैलाबैला मच्चिएको छ।

गहुँ खेत

बैतडीको मेलौलीमा गहुँ उम्रेपछि देखिएको खेतको दृश्य । तस्बिर : विनोदसिंह विष्ट, रासस

आधुनिक खेती प्रणालीले बढ्यो सुन्दरीफाँटामा गहुँ उत्पादन

कञ्चनपुर : कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटा गाउँमा गहुँ उत्पादन बढ्दै गएको छ। किसानले आधुनिक उपकरण, उन्नत जातको बिउ र मल प्रयोग गर्न थालेपछि उत्पादन बढ्दै गएको हो।कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत चौधरी थारु गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले गहुँ उत्पादनमा कोल्टे फेरेको छ।विगतमा खान मात्र मुस्किल पुग्ने जग्गामा हाल पर्याप्त गहुँ उत्पादन हुने गरेको छ। किसानहरुले गहुँ बेच्न थालेका छन। कृषि उपकरणको प्रयोगले गहुँ उत्पादनमा वृद्धि भएको ब्लक समितिका संय