बैंक तथा वित्तीय संस्थाहरुले गत भदौ १५ गतेसम्मको नाफा–नोक्सान हिसाबलाई आधार मानेर गत आर्थिक वर्षको लाभांश घोषणा गर्न पाउने भएका छन् ।
लाभांश घोषणा गर्ने प्रयोजनका लागि २०७८ भदौ १५ गते भित्रका र बाह्य लेखापरीक्षकद्वारा एडजस्टिङ इभेन्ट्स हो भनी प्रमाणित गरेका इभेन्ट्सलाई समायोजन गरी हुन आउने नाफा–नोक्सान हिसाबलाई आधार लिई लाभांश स्वीकृति प्रदान गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले ‘इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न स...