नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सोलार आयोजनामा १७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणाली ग्रिडमा थपिएको छ । हालै उक्त विद्युत् ग्रिडमा थपिएको आयोजनाले जनाएको छ । सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको हो ।