चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ । चालु आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो । त्यसमा रसुवागढी आयोजनाबाट कूल १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीब