राष्ट्रिय प्रसारण लाइनमा साढे १० मेगावाट बिजुली जोडिएको छ । खोटाङ जिल्लाका तीन लघु जलविद्युत आयोजनाबाट केन्द्रीय प्रसारण लाइनमा उक्त बिजुली जोडिएको छ । जिल्लाको साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी कुल १०.६ मेगावाट बिजुली उत्पादन सुरू भएको हो ।साप्सु खोलाबाट ६.६ मेगावाट, रावा खोलाबाट ३ र मेवा खोलाबाट १ मेगावाट बिजुली उत्पादन सुरू भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त तीनवटा आयोजनाबाट उत्पादन सुरू भएको बिजुली प्राधिकरणको जलजले&nda