उद्योग सङ्घ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभावलाई न्यूनीकरणका लागि कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । सङ्घका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरे ।