प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ मा कोरोना सङ्क्रमण भएको छ । मन्त्रालयका अनुसार ५६२ को पीसीआर परीक्षण गर्दा ८३ र १७५ को एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ । पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा तीन, इलाममा दुई र सङ्खुवासभामा एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३२ महिलासहित ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ ।