राष्ट्रिय प्रजातन्त्र पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आसन्न स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयरका आकांक्षीको नामावली सिफारिस गरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी सम्बद्ध गठबन्धन र नेकपा एमालेले हालसम्म उम्मेदवारको टुंगो लगाउन नसकिरहेको अवस्थामा राप्रपा नगर कमिटीले मेयरमा जीवनकुमार श्रेष्ठ, ललितकुमार राई र विनोद बस्नेत तथा उपमेयरमा चन्द्रकुमारी राई तारा, टिकाकुमारी खत्री र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरेको हो ।