मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु२ख १७०१ नम्बरको टिपरमा शुक्रबार बिहान करिब ८ः२० बजेको समयमा ठोक्किँदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ । भ्यानमा सवार एक यात्रुको अवस्था गम्भीर छ ।नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भएको उक्त दुर्घटनामा धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका नौ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको हो ।निमेशको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो भन