स्वीकृत सेड्युल उडानले नै थाम्दैछ दशैंमा जहाज चढ्ने यात्रु

१४ असोज, काठमाडौं । सामान्यतया दशैंको बेला वायुसेवा कम्पनीहरुले अतिरिक्त उडान थप्नु पर्ने बाध्यता लामो समयदेखि थियो । दशैंमा काठमाडौंबाट विभिन्न जिल्ला जाने यात्रुको चापका कारण वायुसेवा कम्पनीहरुले अतिरिक्त उडान थप्ने गरेका थिए । यस पटक भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत नियमित सेड्युलबाहेक दशैंमा यात्रा गर्ने मूख्य दिनहरुमै अतिरिक्त उडान थप गर्नु पर्ने अवस्था […]

सम्बन्धित सामग्री

दुर्घटनापछि घटे हवाई यात्रु र उडान संख्या

पोखरामा चालकदलका चार सदस्य र यात्रुसहित ७२ जनाको ज्यान जानेगरि यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि हवाई यात्रु निकै नै घटेका छन्। यात्रु मात्र घटेका छैनन की हवाई उडान संख्या पनि आधाको हाराहारीमा घटेको हवाई कम्पनिले बताएका छन्। झन्डै आधा संख्यामा यात्रु...

एकजना यात्रु मात्रै लिएर उड्यो बुद्ध एअरको जहाज

काठमाण्डाै – कहिलेकाहीँ यात्रुले हवाइजहाजको टिकट चाहेर पनि खरिद गर्न पाउँदैनन् । अनि कहिलेकाहीँ हवाइजहाजले पनि यात्रु पाउँदैनन् । केही सिट खाली राखेर जहाज उड्ने कुरा नौलो होइन । तर बुद्ध एअर भने ७२ सिटको जहाज एउटा मात्रै यात्रु लिएर काठमाण्डौबाट विराटनगर उडेको छ । मंगलबार बेलुका ८ बजे बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाजमा एक व्यवसायी उद्धव पौडेल मात्रै हुनुहुन्थ्यो । उहाँले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । उहाँले लेख्नुभएको छ, "काठ...

डलर कमाउन निजी जहाज पूर्वतिर, कर्णालीका यात्रु प्रभावित

कर्णाली प्रदेशको माथिल्लो कर्णाली हुम्ला, जुम्ला, डोल्पा र मुगुमा विमानस्थल भए पनि जहाज आउँदैनन् । निजी कम्पनीका बिमानहरू डलर कमाउन भन्दै पूर्वतिर उडान गरेपछि कर्णालीका यात्रु प्रभावित भएका हुन् । टिकट काटेर...

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। पोखराबाट १८ जना यात्रु बोकेर जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा जहाज उडेको थियो।...

१९ जना यात्रु लिएर पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं : पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ। आइतबार विहान ९ : ५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर जहाज सम्पर्कविहीन भएको हो।  आज विहान उडेको ९एन-एइटी कलसाइनको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिसकेको पोखरा विमानस्थलका महाप्रबन्धक विक्रम गौतमले बताए।

समयअघि नै जहाज उडाउँदा ‘यात्रु छुटेपछि’ एअरलाइन्सलाई कारबाही गर्न सिफारिस

जुम्ला – नेपालगञ्जबाट जुम्ला आउने यती ( तारा) एअरको जहाज समयअघि नै यात्रु छोडेर उडेपछि स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ ।  जुम्ला आउन नेपालगञ्जबाट टिकट काटेको तर आफूलाई छाडेर जहाज समयअघि नै उडाएको भन्दै गोविन्दबहादुर महतले बाँके प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । निवेदन प्राप्त भएसँगै बाँके प्रशासनले यती एअरलाइन्सलाई कारबाही गर्न नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जलाई पत्रचार गरेको हो ।    चन्दननाथ नगरपालिका ७ का महतले जहाज बोर्डिङ भइसकेपछि आफूलाई छाडेको भन्दै जाँचका ल...

बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस

काठमाडौँ । काठमाडौँबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । काठमाडौँबाट ६९ यात्रु लिएर नेपालगन्जका लागि उडेको बुद्ध एयरको कल साइन नं . 9N-AJX को जहाज नेपालगन्ज विमानस्थलमा झन्डै पौने घण्टापछि मात्र अवतरण भएको छ । बुद्ध एयरका अनुसार काठमाडौँबाट ७ः४४ बजे उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८ः४४ मा […]

यात्रुले नै जहाज धकेलेपछि...

चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर बुधबार कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन । जहाज अवतरण गर्न नसक्दा यात्रु आत्तिन थाले । विमानस्थल खाली हुँदा पनि जहाज अवतरण गर्न नसक्नुको के कारण हुन सक्छ भन्ने यात्रु एका

सुकेटार विमानस्थलमा जहाज अवतरण

कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौँ फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बताए ।निगमले गत सोमबारदेखि नै नियमित उडान शुरु गरेको थियो । गत सोमबार काठमाडौँबा