समयअघि नै जहाज उडाउँदा ‘यात्रु छुटेपछि’ एअरलाइन्सलाई कारबाही गर्न सिफारिस

जुम्ला – नेपालगञ्जबाट जुम्ला आउने यती ( तारा) एअरको जहाज समयअघि नै यात्रु छोडेर उडेपछि स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ ।  जुम्ला आउन नेपालगञ्जबाट टिकट काटेको तर आफूलाई छाडेर जहाज समयअघि नै उडाएको भन्दै गोविन्दबहादुर महतले बाँके प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । निवेदन प्राप्त भएसँगै बाँके प्रशासनले यती एअरलाइन्सलाई कारबाही गर्न नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जलाई पत्रचार गरेको हो ।    चन्दननाथ नगरपालिका ७ का महतले जहाज बोर्डिङ भइसकेपछि आफूलाई छाडेको भन्दै जाँचका ल...

सम्बन्धित सामग्री

७३ जनाको ज्यान बचाएका बुद्ध एयरका पाइलट नै दोषी ठहर, के हुन्छ कारबाही ?

असोज ११ गते ल्याण्डिङ गेयर (पांग्रा) नखुलेर विराटनगरबाट काठमाडौँ फर्काएर सकसपूर्ण रुपमा अवतरण भएको बुद्ध एयरको जहाजका पाइलट दोषी देखिएका छन् । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गठन गरेको छानबिन समितिले पाइलट एजी शेर्पालाई दोषी देखाएको हो ।समितिले बिहीबार प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनमा पाइलटलाई दोषी ठहर गरिएको छ ।जहाजको पांग्रा खुलेको तर, पाइलटले चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण हुनुपर्ने बुद्धको जहाज काठमाडौँ फर्काएर आकस्मिक अवतरण गर्नुपरेको समितिको भनाई छ । यसो हुनुमा पाइलट नै जिम्मेवार हुने भन्दै समितिले आफ्नो प्रतिवेदनमा पाइलटलाई ३ महिना निलम्बन गर्न सिफारिस गरेको छ ।छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणले सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको जनाएको छ । समितिले बिहीबार प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो ।पाइलट झुक्किएका हुन् ?काठमाडौँबाट ७३ जना यात्रु (चालक दलका सदस्यसहित) बोकेर विराटनगर उडेको बुद्धको उक्त जहाज अवतरण हुने समयमा पांग्रा नखुलेपछि क्याप्टेन शेर्पा र प्रशिक्षार्थी को–पाइलट अमन अन्सारीले काठमाडौँ फर्काए ।पांग्रा खुले नखुलेको यकिन नभएपछि पाइलटले अवतरण नगराउनु राम्रो पक्ष भएपनि अघिल्लो दिन रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको इपन्डकेटर बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्न पाइटलले नै बिर्सिएको प्रतिवेदनमा औल्याईएको छ ।समितिले जहाज उडानुअघि ककपिटका सबै बत्तीको अवस्था जाँच नगरिएको पाईएको जनाएको छ । यसलाई सामान्य गल्ती तथा कमजोरीले निम्त्याएको खतरा भएको पनि समितिले जनाएको छ ।‘जहाजभित्र पर्याप्त साधन र स्रोत हुँदाहुँदै पनि तिनको सदुपयोग नगरी बाहिरी (विराटनगर र काठमाडौं टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर र एयर होस्टेस) सूचनामा भर परेको देखियो,’ प्रतिवेदनमा भनिएको छ । अब कहिले उड्न पाउँछन् पाइलट शेर्पा ?पाइलट शेर्पा प्रशिक्षक पाइलट समेत हुन् । उनी बुद्धको एटीआर ४२ र ७२ जहाजका प्रशिक्षक पाइलट डीसीपी (डेजिग्नेटेड चेक पाइलट) हुन् ।तर, यो घटनापछि बुद्धको डीसीपीको इजाजत ३ महिनाका लागि र प्राधिकरणमा भएको डीसीपीको इजाजत ६ महिनाका लागि निलम्बन गरिएको छ । अब उनी बुद्धकै प्रशिक्षक पाइलटसँग २५ घण्टा अनिवार्य उडेपछि मात्रै ‘रिलिज’ हुनेछन् । शेर्पाले आईपी ३ महिनापछि र डीसीपी ६ महिनापछि मात्रै पाउँने छन् ।को–पाइलट अन्सारी भने ५० घण्टा अनिवार्य उड्नुपर्नेछ ।

यस्तो रहेछ प्रधानमन्त्री सवार जहाज होल्ड हुनुको कारण, को-को परे कारबाही सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय...

लेखा समितिको औचित्यमाथि सांसदहरूकै प्रश्न

नेपाल वायुसेवा निगमका लागि वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिए पनि छानबिन अघि नबढाएको भन्दै संसद्को सार्वजनिक लेखा समितिका सदस्यहरूले आपत्ति जनाएका छन् । समितिले उपसमितिको प्रतिवेदनअनुसार कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखिपठाए पनि दोषीलाई उन्मुक्ति दिइएको सांसदहरूको आरोप छ । कतिपय सांसदले भने समितिको सिफारिस कार्यान्वयन नहुने हो भने समिति नै विघटन गर्नुपर्ने मागसमेत गरेका छन् ।

वाइडबडी प्रकरण : मन्त्रीलाई नैतिक जिम्मेवारीबाट पनि उन्मुक्ति

काठमाडौं : सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिदका विषयमा गरेको अध्ययन र कारबाही सिफारिस 'पहिले काट्ने अनि चाट्ने' शैलीमा परिवर्तन भएको छ। अध्ययनका लागि बनाइएको उपसमितिले वाइडबडी खरिद गर्ने निर्णयदेखि आउने समयसम्म रहेका मन्त्रीहरुलाई नैतिक कारबाहीको सिफारिस गरेको थियो। झुट बोलेको भन्दै बहालवाला&nb...