प्रतिनिधि सभा विघटनको मुद्दामा अन्तरिम आदेश जारी हुने कि नहुने आजै टुंगो लाग्ने भएको छ ।
आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले बहस गरेपछि न्यायाधीशहरूबीच छलफलका लागि भन्दै स्थगित भएको इजलास चिया ब्रेकपछि शुरू भएलगत्तै स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आदेश तयार भइसकेको जानकारी गराउँदै प्रिन्ट लिएर जान आग्रह गरेका थिए ।
आदेश के हुने भन्ने विषयमा इजलासमा केही जानकारी गराइएन ।