ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारीलगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको टोलीले आज बुधवार चस्मा पसलको नाम राखेर जुत्ता–चप्पल एवम् बच्चाको कपडा आदिसमेत बिक्री गरेको पाएसँगै सिल गरेको हो ।
ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले भन्नुभयो, ‘नाम एउटा काम अर्को गर्ने भएसँगै कारबाही गरियो ।’ त्यो अप्टिकललाई सात दिनभित्र कागजपत्रसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन ...