पर्वत : गण्डकी प्रदेशका नागरिकले अब घरजग्गाको नामसारी गर्दा गत वर्षको तुलनामा ४२८ प्रतिशत बढीसम्म कर बुझाउनुपर्ने भएको छ। प्रदेश सरकारले घरजग्गा नामसारीमा न्यूनतम ३०० देखि अधिकतम ४२८ प्रतिशतसम्म सेवा शुल्क बढाएको हो। प्रदेशका नागरिकले तीन पुस्ताभित्रको नामसारी गर्दा महानगर भए पाँच हजार, नगरपालिकामा तीन हजार र गाउँपालिकामा एक हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ। गत वर्ष महानगरमा १५ सय, नगरपालिकामा एक हजार र गाउँपालिकामा पाँच सय रहेको थियो। सबैमा साढे २०० प्रतिशत हाराहारी शुल्क बढाइ