राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले नै आचारसंहिताको उल्लङ्घन गरेको पाइएको जनाएको छ । आयोगले मतदान पूर्व अनुगमनबाट संकलित तथ्यहरुको आधारमा यस्तो धारणा सार्वजनिक गरेको हो ।स्थानीय तह निर्वाचनमा महिला तथा दलितको उम्मेदवारी अत्यन्तै न्युन रहेको, अशक्त, असहाय र अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदान स्थलसम्म पुग्न कुनै प्रकारको व्यवस्था भएको नदेखिएको, मतदाता सम्बन्धी वर्गीकृत तथ्याङ्कको अभावमा महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु कतिले मत