काठमाडौं : गृह मन्त्रालयले सातै प्रदेशमा चुनावकेन्द्रित प्रदेशस्तरीय सुरक्षा बैठक सुरु गर्दैछ।मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्न लागेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले थाहाखबरलाई बताए। आइतबार बाग्मती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठकको सुरुवात हुँदै छ। बिहान १० बजेपछि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा सुरु हुने बैठकको गृहमन्त्री बालकृष्