काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्ला काठमाडौं,भक्तपुर र ललितपुरमा १२सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९०८,ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना संक्रमित थपिएका हुन्। हालसम्म उपत्यकामा दुई लाख८५ हजार९३२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।