उपत्यकामा कोरोना संक्रमण बढ्दो, आज थपिए ९०४ जना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकामा आज ९ सय ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा काठमाडौंमा ६ सय १३, ललितपुरमा १ सय ७७ र भक्तपुरमा १ सय १४ जना संक्रमित थपिएका हुन्। पछिल्ला दिन उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएपछि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दो

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ।एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन्। बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।  निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिका