गृहमन्त्री खाणसँग लुम्बिनी प्रदेशका मन्त्री र नेताहरुको भेट

२३ कात्तिक, काठमाडौँ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री, आयोगका सदस्य दामोदर भुसाल, सांसद रेखा शर्मासहितको टोलीले मंगलबार गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेको छ । भेटमा टोलीले प्रदेशको बजेट र प्रदेश प्रहरी ऐन, संघीय निजामती सेवा ऐनअनुरुप […]

सम्बन्धित सामग्री

लुम्बिनी कांग्रेसले प्रदेश र स्थानीय सरकारको अनुगमन गर्ने

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनले लुम्बिनी प्रदेश सरकार र प्रदेशका १०९ स्थानीय सरकारलाई अनुगमन गर्न प्रदेश कार्यसमितिअन्तर्गत अनुगमन समिति बनाउने प्रस्ताव पारित गरेको छ। यस्तै, पार्टीको तहगत आधारमा सरकारी निकायको निर्धारण,...

प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण

काठमाडौं । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । एड्स, क्षयरोग र मलेरियाबिरुद्ध ग्लोवल फण्डको अनुदानमा निर्माण भएको भवन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई हस्तान्तरण गरिएको हो । वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला ग्लोवल फण्डका वरिष्ठ पोर्टफोलियो व्यवस्थापक स्टेफन स्टोजानोभिक र सेभ द चिल्ड्रेन […]

कांग्रेस लुम्बिनी प्रदेश भेला भदौमा

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले भदौमा प्रदेश सम्मेलन गर्ने भएको छ। कांग्रेस लुम्बिनी प्रदेश कमिटिको दाङको भालुबाङमा सम्पन्न बैठकले भदौमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। बैठकले सम्मेलनको तयारी अगाडि बढाउने निर्णय गरेको छ।...

पर्यटनमा अब्बल लुम्बिनी प्रदेश

कसिस्ने हिमालदेखि मर्चवारसम्म गौमुखीदेखि ठाकुरद्वारासम्म विविधतायुक्त यस प्रदेश सांस्कृतिक, जैविक वातावरणीय लौकिक ऐतिहासिक पुरातात्विक हरेक तहको पर्यटनका दृष्टिले महत्वपूर्ण रहेको हुँदा त्यहीअनुसारले अघि बढनु पर्दछ । नेपालका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशको आफ्नै पहिचान छ । विश्वमाझ नेपाललाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी र विश्व चर्चित बर्दिया टाइगर लुम्बिनी प्रदेशमा पर्दछन् । लुम्बिनी प्रदेश नेपालको पर्यटन क्षेत्रका […]

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।पालिका, जिल्ला हुँंदै यस प्रदेशअन्तर्गतका सबै स्वास्थ्य निकायले आफ्नो क्षेत्रमा रहेका बालबालिकालाई नेपाल सरकारले तोकेका सबै खोप लगाएको सुनिश्चित भएपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् । लुम्बिनी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्नका लागि नेपाल सरकारले तय […]

लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना स्वीकृत

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दाङको भालुबाङ क्षेत्रमा निर्माण हुने प्रदेश राजधानीको गुरुयोजना स्वीकृत गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले दुई साताअघि गुरुयोजना हस्तान्तरण गरेको थियो । यस्तै सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेस गर्ने, लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता […]

लुम्बिनी प्रदेश प्रमुख  र बागमती प्रदेश प्रमुखबीच भेटवार्ता

लुम्बिनी प्रदेशका प्रदेश  प्रमुख अमिक शेरचन र बाग्मती प्रदेशका प्रदेश  प्रमुख यादव चन्द्र शर्मा बीच भेटघाट  भएको छ। सातै प्रदेश भ्रमण गर्ने क्रममा बाग्मती प्रदेश प्रमुखको कार्यक्रमअनुसार आज लुम्बिनी  प्रमुखसँग भेटघाट गर्दै दुई प्रदेशबीच थप सम्बन्ध  प्रगाढ बनाउँदै  सहयोग र सहकार्य  गर्नुपर्नेमा जोड दिइएको थियो ।  प्रदेश प्रदेशबीच भएका राम्रा कामहरूको अनुसरण गर्ने कार्यलाई चुस्त दुरुस्त बनाउनेदेखि  प्रदेश कार्यालयमा भए गरेका काम र  अनुभवह

गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्। सरकारले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ।