काठमाडौँ । सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कानुन बनाउने भएको छ । आज(बिहीबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो अध्यादेश ल्याउने निर्णय भएको हो ।