काठमाडौं, १३ असोज । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको टोलीले बालिकाहरुलाई साइकल वितरण गर्ने ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा अनियमितताको आशंकामा छापा मारेको हो । अख्तियारको बर्दिवासस्थित कार्यालयको टोलीले साइकल खरिदसम्बन्धी फाइल नियन्त्रणमा लिएको छ । फाइल कब्जा गरेर केन्द्रमा पठाउने तयारी भएको बुझिएको छ । […]