काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालको प्रथम विस्तारित बैठकको समापन समारोहमा आज उनले पात्रको विकृत मानसिकता भएमा समाजवाद वा साम्यवादको आवरणमा तानशाह जन्मने गरेको विश्वमञ्चमा दृष्टान्त रहेको उल्लेख गरे। […]