खाग तस्करीको आरोपमा १५ जना पक्राउ

संरक्षित वन्यजन्तु गैंडा चोरीसिकार गरी अवैध रूपमा गैंडाको खाग (आखेटोपहार) ओसारपसार तथा खरिद बिक्री गर्ने १५ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज पुस १७ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी २, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी इरानले हालका दिनमा लागू पदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मंगलबार बताएको छ । यो विश्वको सबैभन्दा उच्च फाँसी दरमध्येको एक […]

लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी

तेहरान– इरानले हालका दिनमा लागू पदार्थ तस्करीको आरोपमा नौ जनालाई फाँसी दिएको सरकारी मिडियाले मंगलबार बताएको छ । यो विश्वको सबैभन्दा उच्च फाँसी दरमध्येको एक हो ।  आधिकारिक आइआरएनए समाचार समितिका अनुसार हेरोइन र अफिम खरिद गर्ने तथा ओसारपसार गरेको अभियोगमा उत्तरपश्चिमी प्रान्त अर्दबिलको एक कारागारमा तीन जनालाई फाँसी दिइएको छ । अन्य छ जनालाई […]

सुन तस्करीको आरोपमा तीन जना पक्राउ

रसुवा – रसुवागढी नाकाबाट सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठीसहित तीन जनालाई रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानी निवासी ३७ […]

चरेश तस्करीको आरोपमा तीन महिला प्रयोग

३० भदौ, वीरगञ्ज । लागु औषध चरेशको ओसार प्रसारमा महिलाको प्रयोग हुन थालेको छ ।  बुधबार पर्साबाट चरेश ओसार प्रसारमा संलग्न रहेको आरोपमा तीन जना महिलालाई पक्राउ गरेको छ । तीनजना मध्ये एक महिलाको साथमा दुधे बच्चा पनि छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय कल्पना मोक्तान, ३६ वर्षीय कवितामाया बल र […]

सुन तस्करीको आरोपमा ७ जना पक्राउ

शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजमा भन्सार छलेर सुन ल्याउन लागेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिर सुरेशबहादुर शाही र सन्दिप चन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अन्डरवेयरका विभिन्न भागहरूबाट सुन बरामद गर्दै उक्त कार्यमा संलग्न अन्य ५ जना व्यक्तिहरूलाई समेत काठमाण्डौका विभिन्न स्थानहरूबाट पक्राउ गरेको छ।

तस्करीको आरोपमा हात्तीसहित ३ जना पक्राउ

तस्करीको आरोपमा २ हात्तीसहित शनिबार ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

लागूपदार्थ तस्करीको आरोपमा होण्डुरसका पूर्व-राष्ट्रपति हर्नान्डेज पक्राउ

काठमाडौं । क्यारेबियन मुलुक होण्डुरसका पूर्व-राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेज लागूपदार्थ तस्करीको आरोपमा पक्राउ परेका छन् । राजधानी तेगुसिगाल्पामा रहेको आफ्नो आलिसान निवासबाटै पूर्व राष्ट्रपति हर्नान्डेजलाई पक्राउ गरिएको हो । उनलाई अमेरिका सुपुर्दगी गर्ने तयारी गरिएको छ । लागु पदार्थ तस्करीको आरोपमा अमेरिकाले सुपुर्दगी गर्न आग्रह गरेको केही घण्टामै होण्डुरसको प्रहरीले हर्नान्डेजलाई पक्राउ गरेको हो । […]

तस्करीको आरोपमा ट्रक र चालक नियन्त्रणमा

माघ १२, वीरगञ्ज  । पर्सा प्रहरीले तस्करीको मालसमान बोकेको आरोपमा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।  भन्सार प्रज्ञापनपत्रमा उल्लेख गरिएभन्दा बढी मालसामान बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको ट्रक र चालकलाई बुधवार राजस्व अनुसन्धान पथलैयाको जिम्मा लगाएको छ ।   अनुसन्धानका लागि राजस्वमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।  जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं ८ भारतीय महावाणिज्य दूतावासअवगाडि सडकखण्डमा ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा केही समानको मात्रै भन्सार प्रज्ञापन पत्र रहेको प्रहरीले बताएको छ ।  अधिकांश समानको प्रज्ञापनपत्र नभेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । राजस्वमा पठाइएको मालसामानको मूल्य १ करोड ६३ लाख रुपैयाँ रहेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।

तस्करीको आरोपमा ४ चिनियाँ नागरिक पक्राउ

न्युज अफ नेपाल, काठमाडौँ । तस्करीको आरोपमा प्रहरीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कस्तुरीको विना तस्करी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । त्यसतै, उनीहरु जुवा खेल्ने र खेलाउने कार्यमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले […]

काठ तस्करीको आरोपमा सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष पक्राउ

काठ तस्करीको आरोपमा झापामा एक सामुदायिक वनका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । झापाको शिवसताक्षी–११ स्थित गैँडे सामुदायिक वनका अध्यक्ष अमृतबहादुर कार्की र उपाध्यक्ष नन्दप्रसाद राय पक्राउ परेका हुन्। सब डिभिजन...