लागूपदार्थ तस्करीको आरोपमा होण्डुरसका पूर्व-राष्ट्रपति हर्नान्डेज पक्राउ

काठमाडौं । क्यारेबियन मुलुक होण्डुरसका पूर्व-राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेज लागूपदार्थ तस्करीको आरोपमा पक्राउ परेका छन् । राजधानी तेगुसिगाल्पामा रहेको आफ्नो आलिसान निवासबाटै पूर्व राष्ट्रपति हर्नान्डेजलाई पक्राउ गरिएको हो । उनलाई अमेरिका सुपुर्दगी गर्ने तयारी गरिएको छ । लागु पदार्थ तस्करीको आरोपमा अमेरिकाले सुपुर्दगी गर्न आग्रह गरेको केही घण्टामै होण्डुरसको प्रहरीले हर्नान्डेजलाई पक्राउ गरेको हो । […]