उपभोक्ताहरुको हितलाई मध्यनजर गरेर दैनिक उपभोग्य बस्तु विक्री गर्न सरकारले व्यापारीसँग आग्रह गरेको छ । दसैं/तिहारलगायत चाडपर्व लक्षित बजार अनुमगन तथा सुरक्षा व्यवस्थापनलगायतसँग केन्द्रीत बैठकमा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले म्याद गुज्रेका बस्तु बजारमा पठाएको पाइए व्यापारीमाथि कानुनी कारबाही गर्न कुनै कसरत बाँकी नराख्ने पनि चेतावनी दिएका छन् ।