जनै पूर्णिमाको अवसरमा काभ्रेको गोसाइँकुण्डमा दर्शनार्थीको चहलपहल देखिएको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले भिडभाड गर्न भने पनि बनेपा नगरपालिका–६, गोसाईस्थानस्थित गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा भक्तजनहरूको चहलपहल देखिएको हो । । जनै पूर्णिमाको दिन गोसाइँकुण्डमा हरेक वर्ष विशेष मेला लाग्ने गर्छ । मेलामा काभ्रेको विभिन्न स्थानका साथै काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायत जिल्लाका भक्तजन पुग्ने गरेका छन् । रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने भक