वर्षको उत्कृष्ट खेलाडी अवार्ड अञ्जन र अरुणालाई, कुन विधामा कसले पाए अवार्ड? (तस्बिरसहित)

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २०७८ का विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई पल्सर स्पोर्टस अवार्ड प्रदान गरेको छ। मञ्चले प्रदान गरेको अवार्डमा पुरुष वर्ष खेलाडी अञ्जन बिष्ट र महिला वर्ष खेलाडी अरुणा शाही घोषित भएका छन्। मञ्चले विभिन्नन विधामा अवार्ड प्रदान गरेको हो। वर्षको उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक, पिपुल्स च्वाइस र युवा खेलाडीले […]

सम्बन्धित सामग्री

क्रिकेटका कप्तान रोहित पौडेल बने वर्षका उत्कृष्ट खेलाडी

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा शुक्रबार भएको कार्यक्रममा रोहितलाई पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयरको अवार्ड प्रदान गरिएको हो । विश्वकप क्रिकेट लिग २ खेल्न क्यानडा गएकाले रोहितकी आमा र दाजुले सो अवार्ड ग्रहण गरेका छन् । यो विधामा...

क्रिकेटका कप्तान रोहित पौडेल बने वर्षका उत्कृष्ट खेलाडी

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा शुक्रबार भएको कार्यक्रममा रोहितलाई पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयरको अवार्ड प्रदान गरिएको हो । विश्वकप क्रिकेट लिग २ खेल्न क्यानडा गएकाले रोहितकी आमा र दाजुले सो अवार्ड ग्रहण गरेका छन् । यो विधामा...

अरुणा र प्रदीप वर्षको उत्कृष्ट खेलाडी

पोखरा छैटौं पोखरा स्पोर्ट्स अवार्डमा टेनिस खेलले ह्याट्रिक गरेको छ । ७ विधामा प्रदान गरिएको अवार्डमा टेनिस खेलले ३ विधा प्राप्त गरेको हो । टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट पुरुष खेलाडी चुनिए । यस्तै, भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी चुनिइन् । टेनिसले वर्ष उत्कृष्ट खेलाडीसँगै उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीको अवार्ड समेत पाए […]

पोखरा स्पोर्ट्स अवार्डमा टेनिसको ह्याट्रिक, अरुणा र प्रदिप वर्ष उत्कृष्ट खेलाडी

विजय नेपाली, पोखरा छैटौं पोखरा स्पोर्ट्स अवार्डमा लन टेनिसले ह्याट्रिक अवार्ड जितेको छ । ७ विधामा प्रदान गरिएको अवार्डमा टेनिसले ३ विधा प्राप्त गरेको हो । ३ विधा प्राप्त गर्दै गर्दा टेनिसका प्रदिप खड्का वर्ष उत्कृष्ट पुरुष खेलाडी चुनिए । यस्तै भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी चुनिइन् । टेनिसले वर्ष उत्कृष्ट खेलाडीसंगै उत्कृष्ट […]

पारस खड्का दशक कै उत्कृष्ट खेलाडी घोषित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर साबित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजना गरेको कार्यक्रमबाट दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षकको उपाधि जगत टमटाले प्राप्त गर्दा पिपल्स च्याईसको अवार्ड टेबल टेनिसकी एलिना महर्जनले प्राप्त गरिन् । अवार्डसँगै एलिन पारस, सावित्रा र जगतले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे ।मञ्चले पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान गरेका खेलकर्मीलाई विभिन्न १० विधामा अवार्ड प्रदान गरेको हो ।१८औँ संस्करणको अवार्डमा पिपल्स च्वाइस विधाको अवार्ड टेबल टेनिसकी एलिना प्राप्त गर्दा खेल समर्थक, खेलकुद प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता चुनिएकी हुन । यस विधाको मनोनयनमा फुटबलकी एन्जिला तुम्बाफो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका थिए । यस्तै मञ्चले २०७७ सालको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ नेपाली खेलकुदका कुशल प्रशासक स्वर्गीय शरदचन्द्र शाहलाई प्रदान गरेको छ । नेपाली खेलकुदको भौतिक पूर्वाधार निमार्ण देखि खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प¥याउन उल्लेख्य योगदान गरेका शाहलाई मरणोपरान्त यस अवार्ड प्रदान गरिएको हो । यसैगरी मञ्चले स्पेशल अवार्डबाट डा. अजय राणालाई सम्मान गरेको छ । लामो समय नेपाली खेलाडीको स्वास्थ र उपचारमा सक्रिय डा. राणा एन्टीडोपिङ विधाका पनि विज्ञ हुन । मञ्चले स्पेशल अवार्डकै रुपमा एथलेटिक्स खेलाडी पुष्पा भण्डारीलाई ‘पर्फमेन्स अफ दि इयर’ अवार्डबाट सम्मान गरेको छ । कोरोनाका कारण २०७७ सालमा खासै खेलकुद प्रतियोगिता भएन । तरपनि पुष्पाले बंगलादेशको ढाकामा सम्पन्न ढाका म्याराथनमा स्वर्ण पदक जित्दै नेपालको सान उचो बनाएकी थिइन् ।‘पारा एथलिट अनर’ पावरलिफ्टिङ, पौडी तथा ह्वीलचियर बास्केटबल खेलाडी सरिता थुलुङलाई प्रदान गरियो । ‘एसियन जर्नलिष्ट अवार्ड’ बाट कुवेतका सत्ताम अल सालाही सम्मानित भए । एआईपीएस एसियाका अध्यक्ष हुन । यसैगरी बर्ष २०७७ को उत्कृष्ट ‘टिम अफ दि इयर अवार्ड’ नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रदान गरिएको छ । घरेलु मैदानमा आयोजित थ्री नेशन कपको उपाधि जितेका कारण फुटबल टोलीलाई यस उपाधि प्रदान गरियो । पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस बाहेक विधाका विजेतालाई ५० हजार रुपियाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरियो ।

सावित्रा भण्डारी दशककै उत्कृष्ट महिला खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय महिला पुटबल टिमकी सदस्य सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबलर सावित्रा महिलातर्फ प्लेअर अफ दि डिकेड घोषित भइन् । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक […]

पाँचौ पोखरा स्पोर्ट्स अवार्ड : नवीन र पार्वती उत्कृष्ट

पाँचौ पोखरा स्पोर्ट्स अवार्डमा पुरुषतर्फ करातेका नवीन रसाइली र महिलातर्फ तेक्वान्दोकी पार्वती गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा सेमी भर्चुअल माध्यमबाट विभिन्न सात विधामा खेलकुद अवार्ड प्रदान गरेको हो ।

को होला वर्ष उत्कृष्ट खेलाडी ? : RajdhaniDaily.com -

RajdhaniDaily.com | पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा ३ खेलाडी मनोयनमा परेका छन् । -

पल्सर अवार्ड : गौरिका, मन्देकाजी र सुवास दुई–दुई विधामा मनोनयन

१७औँ संस्करणको पल्सर स्पोर्टस् अवार्डमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक गरी चार विधामा मनोनयनमा परेका खेलाडीको सूची सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सबै विधामा पाँच–पाँचजना मनोनयन...

सन्दीपलाई पछि पार्दै पारस वर्षको उत्कृष्ट खेलाडी, कुन विधामा कसले जित्यो

‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७४ मा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले हात पारेका छन्। भद्रकालीस्थिति नेपाली आर्मी अफिसर्स क्लबमा बिहिबार भएको कार्यक्रममा पारस र शोभाले उत्कृष्ट पुरूष र महिला खेलाडीको अवार्ड हात पारेका हुन्। पुरूषतर्फ फुटबलका रोहित चन्द, ब्याडमिन्टनका दिपेश धामी, जुडोका…