निजी क्षेत्रले माग्यो जीडीपीको ५ प्रतिशत प्याकेज

कोभिड १९ का कारण शिथिल बनेको अर्थतन्त्र पुनरुत्थानका लागि निजी क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को पाँच प्रतिशत रकम बराबरको राहत प्याकेजको माग गरेको छ । सरकारले ल्याउन लागेको नयाँ बजेटले कोभिडको प्रभाव घटाउने, रोजगारीको अवसर वढाउने र पुँजी निर्माण गर्ने कुरामा विशेष ध्यान दिने समय भएको भन्दै निजी क्षेत्रले जीडीपीको पाँच प्रतिशत रकम राहत मार्फत ल्याउन माग गरेको हो । सोही अनुुसारका राहत कार्यक्रम ल्याउन सकेमा मात्रै मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माणको आधार तय हुने पनि निजी क्षेत्रले स्पष्ट पारेको छ ।

सम्बन्धित सामग्री

मौद्रिक नीतिको समीक्षाप्रति निजी क्षेत्र निरास

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाप्रति निजी क्षेत्र निरास देखिएका छन् ।निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अधिकारीहरुले अपेक्षा अनुसार मौद्रिक नीतिमा कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसाय पुनरुत्थान गर्ने गरी थप राहतका प्याकेज नआउँदा निरास देखिएका हुन् । यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा पुँजी, कर्जा र निक्षेप (सीसीडी) रेसियो कायम गर्नुपर्ने व्यवस्था खारेज गर्दै पुँजी–कर्जा […]

अतिप्रभावित क्षेत्रलाई सम्बोधन गर

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले एक महिनाभित्र आर्थिक पुनरुत्थान प्याकेज ल्याउने घोषणा गरेसँगै निजी क्षेत्र उत्साहित बनेको छ । नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत असार २९ गते कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्न एक महिनाभित्र प्याकेज ल्याउने निर्णय गरेसँगै निजी क्षेत्र उत्साहित बनेको हो ।अघिल्लो सरकारले वित्तीय क्षेत्रमा मात्र सहुलियत दिएको भन्दै […]

सरकारको नीति कार्यक्रमले निजी क्षेत्र निराश

आर्थिक क्षेत्रको पुनरुत्थानका लागि कुल गार्हस्थ्य उत्पादनको कम्तीमा ५ प्रतिशत रकमको विशेष राहत प्याकेज ल्याउन

https://nagariknews.nagariknetwork.com/economy/212235-1589661059.html

लकडाउन सुरु भएदेखि नै अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्र पुनरुत्थान राहात प्याकेज ल्याउनुपर्छ भनेर लबिङ गर्दै आएको निजी क्षेत्र सरकारको नीति तथा कार्यक्रमबाट निराश देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रमबाट कोभिड १९ को असरले थला परेको निजी क्षेत्रलाई आशा जगाउन नसकेको उद्योगी, व्यवसायीले टिप्पणी गरेका छन् ।

विशेष राहत प्याकेज ल्याउन माग

गण्डकी प्रदेशका उद्योगी व्यवसायीहरुले कोरोना भाइरसको कारण उद्योग व्यवसायमा ठूलो क्षति पु¥याएको भन्दै आगामी बजेट तथा कार्यक्रममा विशेष राहत प्याकेज कार्यक्रम ल्याउन माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले संयुक्त रुपमा बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा लकडाउनका कारण निजी क्षेत्र निकै प्रभावित भएकाले उद्योग तथा व्यवसायलाई टिकाई राख्न तथा कर्मचारी व्यवस्थापन गर्न सरकारले आगामी वर्ष ल्याउने बजेट तथा कार्यक्रममा विशेष प्याकेज ल्याउन माग गरेका हुन् ।

https://www.onlinekhabar.com/2020/03/849100

१६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण असर परेको क्षेत्रहरुलाई सहुलियत घोषणा गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्रमा योगदान दिने निजी क्षेत्र यतिबेला समस्यामा परेको भन्दै सहुलियत प्याकेज घोषणा गरेको हो । जसअनुसार …

राहत प्याकेज घोषणा गर

कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा मात्र नभई जनजीविकामै संकट उत्पन्न भइसकेको छ । खासगरी मध्यम तथा निम्नवर्गीय नागरिक यसबाट प्रत्यक्ष पीडित छन् । हजारौंले रोजगारी गुमाइसकेको अवस्था छ भने भोलिका दिनमा उद्योगधन्दा, कलकारखाना तथा व्यापार–व्यवसाय नै बन्द हुँदा लाखौं नागरिक रोजगारीविहीन हुनेछन् । असंगठित क्षेत्रमा काम गर्ने मजदुरको अवस्था झनै दयनीय बन्दै गइरहेको अवस्था छ । यसैले सरकारले तत्काल राहतको घोषणा गर्नु आवश्यक छ । तर, यस्तो राहत प्याकेज कसका लागि भन्ने प्रश्न पनि सँगसँगै उठेको छ र मूलतः राहत प्याकेज माग्न निजी क्षेत्र सबैभन्दा आगाडि देखिएको छ ।

वित्तीय प्याकेजमा जुट्दै सरकार र निजी क्षेत्र

नोभल कोरोना भाइरस (कोभिड–१९) ले देशको अर्थ व्यवस्थाका पारेको प्रभावलाई समेट्न सरकार र निजी क्षेत्र राहत प्याकेजमा जुटेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै कोभिड १९ को प्रभावलाई समेट्न आर्थिक प्याकेज ल्याउने बताएपछि निजी क्षेत्र गृहकार्यमा जुटेको हो ।