काठमाण्डाै – भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा आज साेमवार भएको एक विशेष समारोहमा भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।
सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि हिजो आइतवार आउनुभएको हो । नेपाल र भारतका प्रधानसेनापतिलाई एक अर्काको देशमा मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न र सम्मान दि...