काठमाण्डाै – सरकारले आयातमा प्रतिबन्ध लगाएका दश वस्तुमध्ये ६ वटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ ।
यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे/कुरमुरे/लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तास, खेलौना र ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजनको आयात बन्देज खुला भएको हो । सबै प्रकारका तयारी रक्सी (औद्योगिक कच्चापदार्थ बाहेक), तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जीप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रत...