पर्वत : पोखराबाट सञ्चालनमा रहेको पब्लिक फोर के टेलिभिजनले रुकुम (पश्चिम) को आठविसकोट नगरपालिकाका भूकम्पपीडितलाई करिब १० लाख मूल्य बराबरको राहत वितरण गरेको छ।भूकम्पबाट प्रभावित भएकाहरूमध्ये सबैभन्दा समस्यामा रहेकाले अत्यावश्यक रूपमा राहत दिनुपर्ने एक सय परिवारलाई राहत सामग्री बाँडिएको टेलिभिजनका प्रबन्ध निर्देशन मन क्षेत्रीले बताए। उनका अनुसार त्रिपाल ब्ल्यांकेट, पि फर्म, तन्नासँगै ३० केजी चामल, दाल, चना, नुन, तेल, बेसार, मसला, साबुनलगायतका दैनिक उपभोग्य वस्तु राहत प्याकेजमा वितरण गरिएको हो।