संघीय र प्रदेश निर्वाचन मंसिरभित्र गर्ने सरकारको तयारीपछि राजनीतिक दलहरुले चुनावी तालमेलको भित्री तयारी थालेका छन् । ठूला–साना दलहरु संघीय निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने तयारीमा छन् । यसै क्रममा मधेश प्रदेशमा आफ्नो प्रभाव पार्न सफल जनमत पार्टी मधेसवादी दलहरुसँगै चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ । पार्टीका नेता बिपी साहले स्थानीय निर्वाचनमा एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन नसकेको भन्दै संघीय निर्वाचनमा कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरू खुल्ला रहेको बताए । ‘यो