घर देउताको विषयमा दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु

महोत्तरीमा घर देउतालाई लिएर दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी गाउँपालिकास्थित भ्रमरपुरा गाउँमा दाजुभाइबीच झगडा हुँदा दाइको कुटपिटबाट गम्भीर घाइते भएका भाइ लक्ष्मणको काठमाण्डौँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अंशवण्डा भएको लामो समयपछि दुई भाइबीच घर देउतालाई लिएर कुटाकुट हुने गरेको थियो । तर, शुक्रबार ५० वर्षिय दाई रामचन्द्र साह र उनको परिवारले घरमा एक्लै रहेका ४५ वर्षीय भाइ लक्ष्मण साहलाई  गालीगलौज गर्दै कुटपिट गरेर गम्भीर घाइते बनाएको

सम्बन्धित सामग्री

मादक पदार्थ सेवन गरी कुटपिट, श्रीमतीको गयो ज्यान

काठमाडौं : ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा टोखा नगरपालिका-८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै-झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ।

खाना नपकाएको भन्दै श्रीमानले गरे श्रीमतीको लात्ताले हानेर हत्या

काठमाडौं : झापामा  खाना नपकाएको निहुँमा श्रीमानले लात्ताले हानेर श्रीमतीको हत्या गरेका छन्।हिजो बेलुकी भोजपुर अरुण गाउँपालिका–१ घर भई झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दिमा डेरा गरी बस्ने बिश्वराज घिसिङले श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्।खाना नपकाएको कारण झै-झगडा गरी लात्ताले हान्दा पेटमा लागि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए। ।प्रहरीले घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गर

ऋण तिर्ने विषयमा झगडा हुँदा भाइले हानेको ढुंगाले लागेर दाइको मृत्यु

सुर्यपुरा ग्रामिण लघुवित्तबाट दुइ वर्षअघि भर परिवारले २० हजार ऋण लिएका थिए। लामो समय ऋण नतिरेको भन्दै मंगलबार दिँउसो लघुवित्तका कार्मचारी भरको घर पुगेका थिए। साँझ ९ बजेतिर खाना खाने बेला ऋण कसले तिर्ने भन्ने विषयमा दाजुभाइबीच झगडा भएको थियो।...

कामदारबीच झडप हुँदा टोखामा एक जनाको मृत्यु, तीन जना पक्राउ

काठमाडौं : काठमाडौँको टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शुक्रवार राति पक्राउ गरेको हो। टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा…

एकै ठाउँ काम गर्ने कामदारबीच झडप, एक जनाको मृत्यु

काठमाडौँ– नेपाल प्रहरीले काठमाडौँको टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई गएराति पक्राउ गरेको हो । टोखा–१ मालुङस्थित निर्माणाधीन घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा हुँदा गम्भीर […]

बागबजारमा कुटेर एक युवकको हत्या

काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा कुटेर युवकको हत्या गरिएको छ । चैत ३ मा ५–६ जनाको समुहले कुटेर खोटाङ घर भएका २९ वर्षीय रोशन राईको हत्या गरेका हुन् । सार्वजनिक शौचालयमा पैसा उठाउने रोशन र अर्को एकजना युवकको बिचमा शुरुमा झगडा भएको थियो । झगडा गर्ने युवकले आफ्नो समूह बोलाएर रोशनलाई मरणासन्न हुनेगरी कुटेका थिए ।उपचारको क्रममा रोशनको शुक्रवार ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । हत्यामा संलग्न युवकहरूबारे प्रहर

चाबहिल मित्रपार्कमा युवाबीच झगडा हुँदा एकको मृत्यु, दुईजना पक्राउ

१७ माघ, काठमाडौं। काठमाडौं महानगरपालिका-७ स्थित चाबहिल मित्रपार्कको ओरालोमा चार जना युवाबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको नाम खुलेको छैन । महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी केशव भट्टराईका अनुसार झगडामा संलग्न गुल्मी घर भई सिफल बस्दै आएका ३८ वर्षीय रुद्रबहादुर केसी र उदयपुरको बेलटार नगरपालिका-७ घर भई चाबहिल बस्दै आएका […]

वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक लाञ्छना : कारण र समाधान

कमाउन परदेश जानेहरुको कमाइले उसको घर मात्रै होइन, देशकै अर्थतन्त्र धानेको छ । वैदेशिक रोजगारीकै कारण दुर्गम गाउँठाउँका बासिन्दाको शिक्षा र स्वास्थ्यमा पहुँच बढेको छ । तर  वैदेशिक रोजगारीको सकारात्मक पाटा मात्रै छैनन्, नकारात्मक पाटा पनि उत्तिकै छन् । श्रमिकको मृत्यु, अपाङ्गता, परिवारिक विखण्डन, पारिवारिक झगडा, लामो समयसम्म छुटेर बस्दा सम्बन्धमा तनाव लगायतका असर एकातिर छन् भने अर्कोतिर, वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यले विभिन्न सामाजिक लाञ्छना खेप्नु परेको छ ।   पुरुषजस्तै महिला पनि यदि कमाउन वैदेशिक रोजग...

सामान्य विवादमा झगडा हुँदा १ जनाको मृत्यु

डोटी, ६ मंसिर । आपसी झगडा हुँदा १ जनाको मृत्यु भएको छ । आपसी झगडा हुँदा बोगटान गाउँपालिका–१ उलटेपानी बस्ने ४९ वर्षीय धन बहादुर मगरको आइतबार दिउँसो मृत्यु भएको हो । झगडामा संलग्न सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बोगटान गाउँपालिका–१ उलटेपानी बस्ने टेक बहादुर मगरको घर छाई […]

आमा र छोराको पोखरीमा डुबेर मृत्यु

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका-२ धर्मपुर टोलका २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमारको शव घर नजिकैको पोखरीमा फेला परेको छ।सोमबार बिहान स्थानीयले पोखरीमा आमा-छोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय धनुषाधामको टोली घटनास्थल पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए।स्थानीयका अनुसार राति पति पत्नीबीच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको अनुमान स्थानीयले गरेका छन्।