कार्यालय समयमा पूरा बाहुला भएको पोशाक लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगीको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै डेंगीबाट बच्नका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘दिनको समय, विशेषगरी बिहान र बेलुकाको […]

सम्बन्धित सामग्री

पुरा बाहुला भएको पोशाक लगाउन आग्रह

काठमाडौं, २७ भदौ । डेंगु संक्रमणको जोखिम कम गर्न पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। विज्ञप्ती जारी गर्दै मन्त्रालयले कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन सम्पुर्ण कर्मचारीहरुलाई आग्रह गरेको हो । मन्त्रालयले सरकारी एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत कर्मचारीहरुमा सचेत हुन आग्रह गर्दैै जारी विज्ञप्तीमा विशेषगरी […]

डेंगु जोखिम: पूरा बाहुला भएको लुगा अनिवार्य लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको छ । डेंगुबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि मन्त्रालयले डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत […]

अफिस जाँदा पुरा बाहुला भएको कपडा लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीहरुलाई कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयले  नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा यस्तो अनुरोध गरेको हो ।डेंगु रोग लाग्न नदिन कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयका अनुसार डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको हो ।नेपालमा हाल देखापरिरहेको डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा 'खोज र नष्ट गर' अभियानलाई तिब्र बनाइएको मन्त्रालयले उल्लेख गरेको छ । डेंगु रोगको बारेमा सन्देशमुलक सूचना सामाग्रीको प्रकाशन र प्रसारण भइरहेको र डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक तथा विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु गरिएको मन्त्रालयले जनाएको छ।