अफिस जाँदा पुरा बाहुला भएको कपडा लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीहरुलाई कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयले  नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा यस्तो अनुरोध गरेको हो ।डेंगु रोग लाग्न नदिन कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयका अनुसार डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको हो ।नेपालमा हाल देखापरिरहेको डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा 'खोज र नष्ट गर' अभियानलाई तिब्र बनाइएको मन्त्रालयले उल्लेख गरेको छ । डेंगु रोगको बारेमा सन्देशमुलक सूचना सामाग्रीको प्रकाशन र प्रसारण भइरहेको र डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक तथा विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु गरिएको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित सामग्री

डेंगू संक्रमितको संख्या बढ्यो, जोखिम घट्यो

काठमाडौँ : नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भैसकेको छ । संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ । सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउनका साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन […]

डेंगुबाट बच्न पूरा बाहुलाको कपडा लगाउन कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट बच्न कर्मचारीहरुलाई पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै डेंगु रोगको प्रकोप बढेसँगै यसबाट बच्न सावधानी अपनाउन सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई विशेष अनुरोध गरेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीले डेंगु रोग […]

डेंगुको डर : कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह

काठमाडौं : देशभर डेंगु संक्रमण बढ्दै जाँदा सरकारले कर्मचारीहरूलाई पूरा बाहुला भएको कपडा लगाएर अफिस आउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीहरूलाई कार्यालय आउँदा पूरा पूरा बाहुला भएको लुगा लगाउन आग्रह गरेको हो।डेंगु रोगको जोखिम कम गर्नका लागि मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले  सोमबार सूचना निकाल्दै सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गरेका हुन्।

खोप लगाउन जाँदा के कुरामा ध्यान दिने ?

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन जाँदा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य लिएर नजिकको स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।  त्यस्तै अनिवार्य नाक, मुख छोपिने गरी मास्क लगाउन, स्यानिटाइजर साथमै बोक्न, खोप लगाउने बेला पनि मास्क लगाइरहने कुरामा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।साथै खोप लगाउन जाँदा छोटो बाहुला भएको अनि खुकुलो कपडा लगाएर जान र खोप लगाउ...